इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर जिते घर

काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानको लक्की ड्रमा युएई बस्दै आएका पूर्णबहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्र्तगत भएको लक्की ड्रमा युएइमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् । इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्सफरको आधिकारिक फेसबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जितेका हुन् । श्रेष्ठले युएईबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए । प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई बधाई दिदै आगामी दिनमा कम्पनीले रेमिट्यान्सलाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनीय बनाउने बताए ।
उनले भने ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रपअन्तर्गतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहान्छु । यसलाई थप विश्वसनीय बनाउने विश्वास दिलाउन चाहान्छु ।’ इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरिएको उनको भनाई छ । गत असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेका थियौं ।
कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई वैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतका ‘विन योर ड्रिम हाउस’ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको बताएको छ । सेवाग्राहीहरुलाई आफ्ना हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनीको दाबी छ । इसेवा मनि ट्रान्सफरले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको थियो ।
प्रकाशित समय ०९:०८ बजे