काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई हिमालयन बैंकको आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बुढानिलकण्ठ काठमाडौंस्थित काठमाडौ इस्न्टिच्यूट अफ चाइल्ड हेल्थलाई काठमाडौंमा बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ बीस लाखको आर्थिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैरनाफामूलक संस्थाका रुपमा सबैका बाल-बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याई सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सो संस्थाका अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई सो रकम बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित समय १८:३४ बजे