1100×100 Nabil Advert

गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गरिन्छ : अध्यक्ष दर्लामी चिदी

पाल्पा । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा बीमासम्बन्धी जानकारीमूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकले आफै अग्रसर भएर बीमा गर्ने वातावारण तयार गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागीहरूले बीमा सेवामूलक हुुनुपर्नेमा व्यवसायिक मात्र भएको, बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन कागजी रूपमा झन्झिटिलो रहेको, बीमा गरेको मकैबाली क्षति हुँदा पनि दाबी भुक्तानी नपाएको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको लगायतका गुनासा गर्नुभएको थियो ।

 

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, बीमा सर्भेयर, बीमा अभिकर्ता र अगुवा कृषकहरू लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित समय १८:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु