V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्नेछन् । यो अफर जेष्ठ १ देखि असार ३१ सम्म चल्ने छ ।

 

आइएमई पे र डिजी मार्टबीचको सम्झौताअन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ शुरु गरिएको हो । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्योट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायशी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010