1100×100 Nabil Advert

झालाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८०” बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुनु हुने भएको छ । रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।

 

उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारूको स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएको छ ।

 

पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गतवर्ष उक्त पुरस्कारबाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएएको नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष धर्मेन्द्र साहले जानकारी गराउनु भएको हो ।

प्रकाशित समय २०:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु