रिया मनी ट्रान्सफरमार्फत् आएको रेमिट्यान्समा एक सय बोनस
काठमाडौं । ‘आइएमई पे’मा रिया मनी ट्रान्सफरमार्फत् पठाइएको रकम प्राप्त गर्दा ग्राहकले एक सय बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नुहुने ग्राहकलाई ५० रुपैयाँ बोनस दिंदै आएकोमा सो बोनस रकम बढाई एक सय रुपैयाँ दिने निर्णय गरिएको हो । अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले एक सय बोनस पाउने छन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई गु्रपको डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायशी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १८:०१ बजे





















