V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए शपथ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकीकृत भई बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शपथ ग्रहण गराएका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा आईएमई प्रुडेन्सियलका अध्यक्ष ढकाललाई शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थिति थियो ।

 

आजैदेखि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार शुरुवात भएको हो । एकिकृत कारोबारपश्चात् कम्पनीको अध्यक्ष र सिइओ दुवै आईजीआई जनरल इन्स्योरेन्सले पाएको छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बनेका छन् । त्यस्तै श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) भएका छन् ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010