V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंकद्वारा संकटा क्लबलाई १० लाख सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकूद तथा खेलाडीहरुको विकास र प्रर्वद्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गर्नुभएको छ । उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारीलगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजनलगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

 

 

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010