V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले यस किसिमका सेल्स मोटिभेशन सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले थप्नुभयो, हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाईं हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौं र निरन्तरता दिऔं, उहाँले भन्नुभयो ।

 

प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तव्यका बारेमा प्रष्ट पार्नुभयो । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फूँयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

 

अन्तराष्ट्रिय नेपाली मोटिभेशनल ट्रेनर बी.पी. रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिनुभएको थियो । बीमा मध्यस्थकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010