V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मानव सेवा आश्रमलाई सरकारको साथ रहन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ । शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो ।

उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र’जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उहाँले खुसी प्रकट गर्नुभयो । आश्रमले २०८२ सम्ममा सडक मानवमुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ । हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रितहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ । आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रितहरू आफ्नै घर–परिवारमा फिर्ता भएका छन् । आश्रममा सयभन्दा बढी स्वयंसेवी छन् । आश्रमका अध्यक्ष गोर्खाका रामजी अधिकारी हुन् ।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पूर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफूले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिनुभएकोले आश्रमको गतिविधिलाई थप उचाइमा पु¥याइने बताउनुभयो ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010