V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो : संसदमा सशक्त प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यद्यपि रवि रामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि तत्काल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भने यथावत रहने छ । रास्वपाले समर्थन फिर्ता लिइसकेपछि पनि प्रचण्डलाई १५८ सांसदहरुको समर्थन कायमै रहेको छ ।

 

प्रचण्डको सरकार ढाल्नका लागि प्रतिपक्षीहरुले १३८ सिट पुर्‍याउनुपर्ने हुन्छ । तत्काल त्यस्तो सम्भावना छैन । प्रचण्ड नेतृत्वको सरकारलाई अझैसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन यथावत छ । कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसदको समर्थन छ । त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चाको १ र स्वतन्त्र सांसद अमरेशकुमार सिंहको वर्तमान सरकारलाई नै समर्थन रहेको देखिन्छ । अब नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाको सशक्त प्रतिपक्षी रहने छ ।

प्रकाशित समय २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010