फायर सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी शुरु

काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी ‘नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३’ आजदेखि राजधानीमा शुरु भएको छ । स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा वैशाख २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म प्रदर्शनी आयोजना गरेको हो । अन्तर्राष्ट्रियस्तरको यस प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिने आयोजक पक्षले जनाएको छ । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापन डी.एन इभेन्ट्स प्रालिको रहेको छ । नेपाल फायर एण्ड सेक्युरिटी एक्स्पो २०२३ मा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहने यो प्रदर्शनीले संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने एक्स्पोको उद्देश्य रहेको छ । विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल, व्यापार एकै थलोमा गर्न सकिने एक्स्पोमा फायर एण्ड सेक्युरिटी सम्बन्धी सम्पूर्ण जानकारी दिइने आयोजक पक्षले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा.हरीबहादुर दर्लामी र नेपालका लागि भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भूटिया संयुक्तरुपमा एक्स्पो उद्घाटन गरेका हुन् । एक्स्पो अवलोकन गरी फायर एण्ड सेक्युरिटी सम्बन्धी विकसित नयाँ प्रविधि, अन्तराष्ट्रिय परिवेश र रोचक कुराहरुको अवलोकन गरेर भरपूर लाभ उठाउन आम सर्वसाधारणदेखि सरोकारवाला पक्ष तथा यो क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुलाई आयोजक पक्षले आग्रह गरेको छ ।
प्रकाशित समय १४:३८ बजे