V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

दूर्गम ठाउँहरुमा तत्काल चिकित्सक पुर्‍याउँछु : मन्त्री बस्नेत

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताउनुभयो । मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको काम–कारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताउनुभयो ।

 

मन्त्री बस्नेतले भन्नुभयो– ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि चिकित्सकहरुलाई पनि स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्‍याउने भनेको कुरा पनि तपाईहरुकै भनाईलाई हामीले सम्बोधन गर्न खोजेको हो । त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् । मैले फेरी दोहोर्‍याउन चाहें– म चाहीं कम सुते हुने मान्छे, बढी खट्नसक्ने मान्छे । म तपाईहरु सबैको सुझाव लिएर आफ्नो समय बढीभन्दा बढी यो ठाउँलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।’

 

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामाग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उहाँको भनाई थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो– ‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ । यो प्रयोगमा आएको छैन । यो चाँही तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ । एक हप्ताभित्र त्यसको हिसाब खोज्नुस् । र, कुन ठाउँमा बढी आवश्यक छ ? दूर्गम जिल्लाहरुमा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा विरामीको चाप धेरै भइरहेको हस्पिटलहरुमा हामीले त्यो सामान दिँदा त्यहाँ फाइदा हुन्छ भने किन नगर्ने ? त्यसको सदुपयोग गर्नु प¥यो नि । मैले बुझेसम्म यो ठूलै भोल्युममा छ ।’

प्रकाशित समय २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010