V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

विदेशमा गैरकानूनी भएका नेपालीलाई कानूनी बनाउने तयारी गर्दैछौं : श्रममन्त्री भण्डारी

काठमाडौं । गैरकानूनीरुपमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई एक पटकका लागि कानूनी प्रक्रियामा ल्याउने सरकारले तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् । अधिकांश नेपाली युवा कानूनीरुपमा गएर पनि पछि गैरकानूनी भएको भन्दै एकपटकका लागि सबै गैरकानूनीलाई कानूनी दायरामा ल्याउनका लागि यस्तो निर्णय गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए । मन्त्री भण्डारीले भने, ‘अहिले पनि कानूनी प्रक्रिया भन्दा बढी गैरकानूनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुग्नुभएको छ । श्रम स्वीकृतिको अवधि नै दुई वर्ष भएकाले धेरै नेपाली कानूनी रुपमा गएर पनि गैरकानूनी हुनुभएको छ । त्यसैले सबै गैरकानूनीलाई कानूनी बनाउने मन्त्रालयको तयारी छ ।’ गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका व्यक्तिले रेमिट्यान्स पनि गैरुकानूनी रुपमा नै पठाउने गरेकाले त्यसबाट देशलाई घाटा भइरहेको उनले बताए ।

 

फ्रि भिसा फ्रि टिकट व्यवहारिक नभएका कारण कार्यान्वयन नभएको श्रमन्त्री भण्डारीले बताए । १० हजार रसिद देखाएर लाखौ रकम श्रमिकबाट म्यान पावर कम्पनीले लुटिरहेको भन्दै उनले निश्चित रकम तोक्नु उपयुक्त हुने तर्क गरे । उनले भने, ‘फ्रि भिसा फ्रि टिकट नाममा मात्रै भयो । कार्यान्वयनमा चुनौती भयो । भन्ने १० हजार उठाउने लाखौ लाख रुपैयाँ । यसबाट पनि सरकारलाई घाटा नै भइरहेको छ । निश्चित रकम तोकेको भए कम्तिमा सरकारलाई कर त आउने थियो । अन्य मुलुकमा हेर्दा पनि फ्रि भिसा फ्रि टिकट भएको पाइदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ ।’

 

अन्तराष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गरेर फ्रि भिसा फ्रि टिकटको निर्णयमा पुनर्विचार गर्नुपर्ने मन्त्री भण्डारीले बताए । फ्रि भिसा फ्रि टिकटको निर्णयका कारण कानूनीरुपमा १० हजारभन्दा बढी पनि म्यानपावर कम्पनीले लिन नपाएको र कार्यान्वयनमा पनि आउन नसकेको उनको भनाई छ । म्यानपावर व्यवसायीले कम्तिमा पनि एक महिनाको पारिश्रमिक लिन पाउने व्यवस्था गर्दा उपयुक्त हुने प्रस्ताव मन्त्रालयसँग गरेको मन्त्री भण्डारीले जानकारी गराए । तर, त्यसमा पनि त्यो भन्दा बढी म्यानपावर कम्पनीले उठाउँदैनन् भन्ने ग्यारेन्टी नभएको भन्दै बैंकिङ प्रणालीबाट मात्रै कारोवार गर्ने व्यवस्था गर्न सकेमा यसलाई कार्यान्वयन गर्न सकिने उनको जोड छ । (बाँकी भिडियोमा)

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010