V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा क्यासब्याक पाइने

काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो । सामसङले नबिल बैंकसँगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो ।

 

सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् । नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010