V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सक्षम नेतृत्वको खोजीसँगै नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको दशौं महाधिवेशन शुरू

काठमाडौं । कृषि विकास बैंक वित्तीय सस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि आज र भोली भक्तपुरको बोडेमा जम्मा भएका छन् । बैंकभित्र सौदावाजीको महत्वपूर्ण भुमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशील युनियनमध्येकै ठूलो युनियन हो । यो युनियनको नेतृत्वले बैंकको व्यवसायिकताको सवालमा निकै दख्खल दिने गरेको छ । दशौं महाधिवेशनको सबै तयारी पूरा भएको छ । बैंकभित्रको नेतृत्वका लागि समेत कांग्रेसको केन्द्रीय नेतृत्वले उत्तिकै चासो राखेको छ । सरकारी तीन बैंक मध्ये ठूलो युनियन कृषि विकास बैंकमा रहेको छ । यो युनियनका पदाधिकारी तथा प्रतिनिधिहरुले ट्रेड युनियनलगायत नेपाली कांग्रेस समर्थित पेशागत संगठनहरुमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ । यो संगठनको चुनावमा पुण्यप्रसाद दाहालको प्यानलमा सिद्धिलाल मगिया र रमेश कटुवालले उमेदवारी घोषणा गरेका छन् ।

संगठनात्मक क्षमतामा कौशल, उर्जावान, समय सापेक्ष र बैंकमा कार्यरत श्रमजीवी कर्मचारीको मर्म बुझ्ने लामो समयदेखि युनियनमा आफनो क्रियाशील समय अनुशासनपूर्वक बिताउनुभएका अध्यक्ष पदका दाबेदार पुण्यप्रसाद दाहाल नेतृत्वको टिम अग्रज, अनुभवी र युवापुस्ताको संयोजन सहित सशक्त देखिएको छ । व्यवस्थापनसँग सौदावाजी गर्न बलियो तर्क प्रस्तुत गर्ने, बैंकमा व्यवसायिकता कायम गर्न गराउन लागि पर्ने र युनियनको आन्तरिक व्यवस्थापनमा सामूहिक निर्णय गर्ने कौशल दाहालको समूहमा रहेको स्वतन्त्र विश्लेषक बताउँछन् । महाधिवेशन प्रतिनिधिहरु स्वतन्त्ररुपमा नेतृत्व छनौट गर्न सक्षम रहेको र मातृ संस्थाको हस्तक्षेप अस्वीकार गर्ने पक्षमा सबै प्रतिनिधिको एक मत रहको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकको २०८० वैशाख ५ र ६ गते भक्तपुरको बोडेमा सम्पन्न हुन लागेको दशौं केन्द्रीय महाधिवेशनको आज नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे पश्चात केन्द्रीय नेतृत्वको चुनाव हुने जानकारी प्राप्त भएको छ । उक्त महाधिवेशनमा देशभरीबाट ३ सय प्रतिनिधि रहेका छन् ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010