V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

इमानदार भएर काम गर्ने हो भने परिणाम आफैं देखिन्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले इमानदार भएर काम गरे स्वतः परिणाम देखिने बताएका छन् । आइतबार अध्यक्षको रुपमा औपचारिक पदभार ग्रहण गर्दै आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताए ।

नेपालका लागि आउने दिनहरु निकै नै राम्रो भएको उनको विश्वास छ । पदभार ग्रहणपछि उनले भने ‘यदि इमानदार भएर काम गर्ने हो भने परिणाम आफैं देखिन्छ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । आउने दिनहरु सबैको लागि राम्रो हुन्छ ।’ मुलुकको वर्तमान स्थिति सकारात्मक बन्दै गएको र सबैले सकारात्मक निरन्तरता दिने हो भने भविष्य उज्ज्वल रहेको बताए । त्यस्तै निवर्तमान अध्यक्ष शेखर गोल्छाले नयाँ आएको नेतृत्वले देशमा देखा परेको आर्थिक संकट समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010