1100×100 Nabil Advert

दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गर्ने ढाकालाई रवीको ७२ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, पार्टीका सांसद् डा.ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर ७० घण्टा भित्र कारबाही गर्न नसके गढीमाईमा बलि चढ्ने घोषणा गरेका छन् । बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’ उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।

‘तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु ।’ उनले भने– ‘देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि ७२ घण्टामै निराकरण हुने लामिछानेको दाबी छ । उनले अडियोमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए । उनले नजिकका मान्छेलाई समेत लछारेर आम नागरिक समक्ष ल्याउने बताए । आफ्नो सांसद्ले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए अख्तियारमा आफैं पत्र लिएर जाने उनको भनाई छ ।

 

 

प्रकाशित समय १२:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु