V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेशनल एकेडेमी र होटल सेभेन स्टारबीच सल्लाहकार सेवाका लागि सम्झौता

काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको होटल सेभेन स्टार प्रालिबीच संस्थागत सल्लाहकारको सेवा लिने–दिने विषयमा द्विपक्षीय समझौता सम्पन्न भएको छ । काठमाडौं बत्तिसपुतलीस्थित होटल द्वारिकामा आयोजित एक कार्यक्रमबीच सो सम्झौता भएको हो । नेशनल एकेडेमीको तर्फबाट कम्पनीका संस्थापक अध्यक्ष रमेशकुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध सञ्चालक माधव दवाडीले सम्झौतामा हस्ताक्षर गर्नु भयो । वैशाख पहिलो हप्ताबाट सञ्चालन हुन लागेको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले बैक, वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, धितोपत्र कम्पनी, मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उद्योग व्यवसायलाई सहयोग पुग्ने गरी काउन्सिलिङ, कन्सल्टेन्सी र तालिम प्रदान गर्ने उद्देश्य राखेको छ ।

 

देश विश्वव्यापी आर्थिक मन्दीको चपेटामा पर्दै गइरहेको छ । उद्योग–व्यवसाय चल्न नसकी अर्थतन्त्रको मे?दण्डको ?पमा रहेको बैक, वित्तीय संस्थाको खराब कर्जा डरलाग्दो हिसाबले बढ्दै गइरहेको छ । यस्तोमा पूर्व सफल र विशेषज्ञ बैंकरको टिम बनाएर सबै किसिमका उद्योग व्यवसाय र संस्थालाई आवश्यक सल्लाहकार सेवा कम्पनीले प्रदान गर्नेछ ।

 

कम्पनीमा नेपाल बैंक, कृषि विकास बैंक र बीमा समितिका पूर्व प्रमुख चार्टर्ड एकाउन्टेन्ट देवेन्द्रप्रताप शाह, महालक्ष्मी फाइनान्स, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ, एशियन लाइफ, नेपाल बिमक संघका पूर्व प्रमुख रमेशकुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, युनाइटेड फाइनान्स, सिद्धार्थ विकास बैंकका पूर्व प्रमुख अजयकुमार मिश्र तथा अन्य अनुभवी अधिवक्ता, चार्टर्ड एकाउन्टेन्ट, बीमा विज्ञ, आइटी विज्ञ, लघुवित्त विज्ञ, संचार उद्यमीको टिम बनाएर संकटको यस घडीमा कम्पनीले कारोबार सञ्चालन गर्न गइरहेको छ ।

 

सम्झौताअन्तर्गत नेशनल एकेडेमीले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोबार र क्षमता विस्तार, लगानी श्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनीमा लागि सर्वसाधारणमा शेयर निष्काशन, होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्ने सहमति भएको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालिका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010