एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेद्वारी दर्ता गरेको हो । श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेद्वारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।
एसोसिएट्स तर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डेलगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पु¥याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।
अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ, श्रेष्ठले भने, अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।’ आफ्नो टिमले संम्भावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
प्रकाशित समय १७:०५ बजे