नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई जानकारी गरायो वित्तीय क्षेत्रका समस्या

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गर्नु भएको छ । सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्‍याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराउनु भयो । साथै, यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाझैं पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताउनुभयो ।

 

प्रकाशित समय १९:५५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु