मन्त्रिपरिषद् बैठक आज अपरान्ह ४ बजे बस्दै

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाबाट १–१ जना मन्त्री थपेका थिए ।
प्रकाशित समय ११:५५ बजे