V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बैदेशिक लगानी भित्र्याउन र पूँजी पलायन रोक्न गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ढिलाई नहोस् : कूल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यसहितको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि ढिलाई नगर्न माग गरेको छ । उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठलाई आज भेटेर गैरआवासीय नेपाली संघको तर्फबाट बधाई तथा शुभकामनासमेत दिएको छ । सो अवसरमा अध्यक्ष आचार्यले गृहमन्त्री श्रेष्ठसँग गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नमा भइरहेको ढिलाइले संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई चिन्तित तुल्याएको, नेपालबाट पूँजी पलायन भइरहेको र विदेशी लगानी भित्र्याउन पनि बाधा पुगिरहेको बताए । उक्त विधेयकलाई फेरी संसद्मा लगेर जतिसक्दो छिटो पारित गराउन आग्रह पनि गरे ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देशभित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउँदै नागरिकता विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले नेपालको विकास र समृद्धिका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई एक साझेदारको रुपमा हेरेको पनि बताए ।

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010