V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थतन्त्रमा संकट आएको र आयातलाई प्रतिस्थापन गर्नु हाम्रो प्राथमिकता हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्य रेमिट्यान्समा निर्भर रहेकोले अर्थतन्त्रलाई चलाएमान गराउन आर्थिक पुनः संरचनामा लाग्नु पर्ने बताएका छन् । संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राज्य रेमिट्यान्समा मात्र निर्भर हुँदा अर्थतन्त्रमा संकट आएको भन्दै आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

उनले भने– ‘हामी रेमिट्यान्समा निर्भर भएका छौं । आर्थिक पुर्नसंरचनामा लाग्नु पर्ने हाम्रो प्राथमिकता हो । हामी मौन बस्यौं भने हामी संकटमा पर्न सक्छौ । आयातमा प्रतिस्थापन गर्न सक्ने बस्तुहरुको पहिचान गरेर त्यस बमोजिम कार्य गर्नु अहिलेको आवश्यकता छ ।’ कोभिडको समय पछि रसिया युक्रेनको द्वन्द्वले विश्व अर्थतन्त्रमा ठुलो चाप पारेको भन्दै निमार्ण क्षेत्रमा भएको मन्दीले प्रत्यक्ष रुपमा ठुला खालका उद्योगहरु सिमेन्ट, स्टील जस्ता उद्योगहरुमा प्रत्यक्ष रुपमा असर परेको बताए ।

आर्थिक सिथिलताले बजारमा नैराश्यता ल्याएको समेत जिकिर गरे । सात महिनाको स्थितीमा ७ दशमलव ८८ प्रतिशत मुल्य बृद्धि सामना गरिरहेको भन्दै २0३९ साल देखि वैदेशिक व्यापार घाटा रहेको तथा उक्त घाटाले आयात र निर्यातमा संकुचन आएको टिप्पणी गरे । गभर्नर अधिकारीले आन्तरिक उत्पादन दिगो बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादन बढाउनु पर्ने बताए ।

 

 

 

 

 

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010