V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

व्यापार घाटा कम गर्ने प्रयास भइरहेको छ : यातायात मन्त्री श्रेष्ठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, सरकार व्यापार घाटा कम गर्ने आवश्यक प्रयासमा लागिरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित नेपाल–इटली चेम्बर अफ कमर्सको ९ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले इटालीसँग मात्रै नभएर अन्य देशसँग समेत मुलुकको व्यापार घाटामा रहेको भन्दै घाटा न्यूनीकरणका लागि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

६ दशक लामो कूटनीतिक सम्बन्धमा नेपालले इटलीबाट कति लाभ लिन सक्यो भन्ने कुराको समिक्षा हुनुपर्ने उनको भनाई छ । सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अर्थतन्त्र सुधारका लागि आवश्यक प्रयास गर्न तयार रहेको उनले बताए ।

उनले भने ‘नेपाल र इटलीबीचका कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ६ दशक पुग्न लाग्यो यसबाट कति लाभ लिन सक्यौ समिक्षा गर्न आवश्यक छ । नेपाल इटलीसँग हाम्रो व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । सरकार र निजी क्षेत्र मिलेर दुई देशबिचको व्यापार अभिवृद्धि गर्ने उत्पादनको बजार सुनिश्चित गर्ने काम गर्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ ।’

 

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010