V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मर्जरपछि बन्यो सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, कूल पूँजी ४ अर्ब १८ करोड

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त कारोबार शुरु गर्ने भएका छन् । काठमाडौंमा आयोजित संयुक्त समारोहमा बोल्दै सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाले दुई कम्पनी आपसमा मर्जर भएको र संयुक्त कारोबार शुरु गर्ने जानकारी दिए ।

 

‘सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सहज मर्जर र संयुक्त कारोबार शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ ।’ आगामी दिनहरुमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लक्ष्यका साथ अब्बल संस्थाको रुपमा आफूलाई प्रस्तुत गर्ने कोइरालाले बताए ।

 

अध्यक्ष कोइरालाले आपसमा मर्जर भएको लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकलाई दिने सेवा सुविधाहरु निकै नै राम्रो र बलियो भएको बताए । मर्जरपछिको कूल पूँजी ४ अर्ब १८ करोड रुपैयाँ, जीवन बीमा रकम ८ अर्ब ३२ करोड रुपैयाँ र जगेडा कोष ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी लगानीकर्ता कोष रकम ४ अर्ब ९६ करोड रुपैयाँ, लगानी रकम १३ अर्ब ५० करोड रुपैयाँ र कूल प्रिमियम १७ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010