आन्तरिक विवादका कारण विभिन्न १७ वटा क्याम्पसमा स्ववियू निर्वाचन स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका १७ वटा क्याम्पसमा आज स्ववियू निर्वाचन स्थगित भएको छ । अधिकांश क्याम्पसहरुमा आज स्ववियू निर्वाचन भइरहे पनि आन्तरिक विवादका कारण विभिन्न १७ वटा क्याम्पसमा निर्वाचन हुन नसकेको स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिएका छन् ।
आज विहानैदेखि प्राय क्याम्पसमा चुनाव भइरहेको छ तर विभिन्न १७ वटा क्याम्पसमा भने आन्तरिक कारणले निर्वाचन हुन सकेको छैन् त्यहाँ पनि चाडैं गर्ने गरी तयारी गरिएको छ । काठमाडौंका ७ क्याम्पस, काठमाडौं बाहिर चितवनमा ३ वटा, कास्कीमा ४ वटा, भैरवा २ वटा र विरगञ्जमा १ वटा गरि कूल १७ वटा क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको जानकारी दिए । काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
त्यस्तै उपत्यका बाहिरका विरगञ्जमा ठाकुर राम बहुमुखि क्याम्पस, चितवनमा विरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ् क्याम्पस र रामपुर कृषि क्याम्पस गरी ३ क्याम्पस रहेका छन् । कास्कीमा पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा क्याम्पस वन, नसिङ्ग क्याम्पस पोखरा, इन्जिनेरिङ् क्याम्पस रहेका छन् । भैरवामा कृषि क्याम्पस र भैरवा बहुमुखि क्याम्पस रहेको छ । स्थगित भएका क्यामपसहरुमा चैत ८ गते निर्वाचन हुने छलफलबाट तय भएको पनि अधिकारीको भनाई छ ।
प्रकाशित समय १४:१६ बजे





















