कालोमोसो दस्ताका संयोजक पक्राउ परेपछि भोलि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको लाखौं सर्वसाधारणको २० लाख रुपैयाँसम्म मिनाहा गराउन भन्दै आन्दोलन गरिरहेका दुर्गा प्रसाईका ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ चितवनबाट पक्राउ परेपछि भोलि नै काठमाडौंमा प्रसाईले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान–२०७९ का संयोजक रहेका प्रसाईले पूर्वराजा ज्ञानेन्द्रलाई लगेर मेचीबाट सो अभियानको थालनी गरेका थिए । विभिन्न ठाउँमा लघुवित्तका कर्मचारीहरुलाई कालोमासो दल्न थालेपछि आज चितवनबाट प्रसाईद्वारा खडा गरिएको ‘कालोमोसो दस्ता’का संयोजक पक्राउ परेका हुन् । उनले आफ्नै केन्द्रीय कार्यालय पेरिसडाँडामा भोलि बिहान पत्रकार सम्मेलन गरेर विशेष खुलासा गर्ने तयारी गरेका उनी निकट एक व्यक्तिले क्रसचेकलाई बताए ।
प्रकाशित समय २१:१५ बजे