रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नुहुन्छ ।

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित समय ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु