1100×100 Nabil Advert

नेपालको अर्थतन्त्र र पूँजी बजारसम्बन्धी अन्तर्क्रिया अष्ट्रेलियाको सिड्नीमा

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पूँजी बजारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनमा नेपालको अर्थतन्त्र र पूँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहनुभएका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयामबारे सहभागीसँग अन्तर्क्रिया गर्नुभएको थियो । अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।

कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए-सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो । उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरुका साथै नेपालको पूँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।
नेपालको पूँजी बजारमा रहेका लगानीका विभिन्न उपकरणमार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए । उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकारसहितको नागरिकता र लगानी सहजीकरणका बिषयमा छलफल भएको थियो । कार्यक्रममा राजनीतिकबाहेक अन्य अधिकारको विषयमा भएका पछिल्ला गतिविधिहरुका बारेमा समेत पोखरेलले चिन्ता व्यक्त गरेका थिए । पोखरेलले नेपालको पूँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानीवापतको आम्दानी सँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरे ।

 

प्रकाशित समय ११:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु