1100×100 Nabil Advert

देश चलाउन सक्दिन भनेर हात उठाऊन्, पचास बिलियन डलर पैसा ल्याइदिन्छु : दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले देशमा बैंक तथा वित्तीय संस्थाहरुका कारणले आज मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको बताएका छन् । उनले झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको बताए । त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा आत्मदाह गरेको हो र ? यो त राज्यप्रणाली र बैकिङ सिस्टमको दोष हो । त्यस्तो सिष्टमलाई सुधार्नुपर्छ, प्रसाईले भने ।

 

आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुबाट पीडितहरुको संख्या लाखौं भएको बताए । उनले भने– ‘२० लाखभन्दा मुनिको कर्जा मिनाहा हुनुपर्छ ।’ प्रसाईले सरकार नै जनतालाई उठिबास लगाउन लागिपरेको संकेत गर्दै भने– ‘भूमि आयोग गठन गर्ने, सुकुम्बासीलाई जग्गा दिने, बैंक तथा वित्तीय संस्था, लघुवित्तले लिगलीरुपमा लिलाम गर्दै जाने, आफ्नो कब्जामा लिंदै जाने । यो लुकिछिपी कहिलेसम्म गर्ने ?’

 

प्रसाईले अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान चलाइरहेका छन् । यो केको लागि ? भन्ने इमानको प्रश्नमा उनले भने– ‘अहिलेका राजनीतिक दलहरुबाट यी सबै काम हुने, राष्ट्र, राष्ट्रियतालगायत बचाउ गर्न सक्ने हिम्मत रहेनछ । अब हामीले बचााउने हो । हामीले युनिभर्सिटी खोल्नुपर्छ । म दुबईबाट जति पनि पैसा ल्याइदिन्छु यो देश बनाउनलाई । ०.५ प्रतिशतमा पैसा ल्याइदिन्छु । तर तिनीहरुले किन पत्याउँदैनन् भन्दा यहींबाट दुबई पैसा गएको छ । देश चलाउन सक्दिन भनेर हाट उठाउन्, हामीलाई जिम्मा दिऊन्, म पचास बिलियन डलर रकम ल्याइदिन्छु ।’ प्रसाईले १० जना नेताले देश बिगारेको आरोपसमेत लगाए । उनले भने– ‘मुलुकको ५० खर्ब रकममध्ये ३० खर्बचाहिं ५५ जना व्यापारीले चलाएको छ । उनीहरु भाग्नासाथ देश टाट पल्टिन्छ । के ती व्यापारीहरुसँग त्यति ठूलो रकम लिनसक्ने धितो छ ?’ प्रसाईले प्रश्न गरे ।

प्रकाशित समय १४:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु