1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

आर्थिक मिडिया सञ्चालक संघको अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा र कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम निर्वाचित भएकी छिन् । आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।

प्रकाशित समय २०:०८ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु