MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

यातायात व्यवसायमा आबद्ध मजदूरको रोजीरोटीको व्यवस्था होस् : अध्यक्ष थापा

काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले यातायात व्यवसायी तथा आबद्ध मजदूरहरुको रोजीरोटीको व्यवस्था गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीले नेपाललाई समेत आक्रान्त वनाई महामारी नियन्त्रण भई जनजीवन बिस्तारै सहजतातिर फर्कदै गर्दा फेरी कोरोनाको दोस्रो भेरियन्ट आएपछि नेपालमा समेत निषेधाज्ञा लागू भएको र सो समयमा सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरु (अत्यावश्यकबाहेक) बन्द भइरहेको अवस्था छ । यसरी लामो समयसम्म लकडाउन गराउने हो भने हामी सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी, मजदूर, कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिनु हुन यस सुन्दर यातायात प्रा.लि. ले जोडदार माग गर्दछौं ।’

ज्ञापनपत्रमा भनिएको छ– ‘लामो समयसम्म लकडाउनको कारण हामी यातायात व्यावसायीहरुले मासिकरुपमा बैंकहरुलाई बुझाउनु पर्ने किस्ता रकम बुझाउन नसकिरहेको तथा हामी यस क्षेत्रमा आवद्ध भई व्यवसाय गरिरहेका सम्पूर्ण व्यवसायी सोमा आवद्व कामदार, मजदूर कर्मचारीहरुको न्यूनतम आवश्यकता पूरा गर्नसमेत सकिरहेका छैनौं । हामी सधै कोरानासँग डराउने, कोरोनाको विरुद्ध नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटीसमेत बन्द भई ठूलो भोकमरी लाग्ने स्थिती आउनेछ । हामी व्यावसायीले पहिलो लकडाउनपश्चात र दोस्रो लकडाउन हुनुपूर्वसम्म शर्तकता अपनाई यातायात सञ्चालन गरेका थियौ र हालको दोस्रो भेरियन्ट केही कम हुँदै गएको र अन्य व्यवसायहरु समेत दिन तोकी सञ्चालन गर्न लागेको हुँदा हामी व्यवसाहीहरु पनि अझै उच्च शतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुविधा छैन । अन्त्यमा हामी दैनिक गुजारा गरिखाने व्यवसायी, मजदूर, कामदार यस क्षेत्रवाट प्रत्यक्ष मारमा परी विभिन्न अभावको सामना गर्नुपर्ने भएकाले माननीय मन्त्रीज्यूले सार्वजनिक सवारी यातायातहरुलाई पनि सञ्चालन गर्न वातावरण बनाई समग्र यातायात पेशामा आवद्व व्यवसायी, मजदूरहरुको रोजिरोटी चलाउने व्यवस्था मिलाई सहजीकरण गरीदिनुहुन यस सुन्दर यातायात प्रालि जोडदार माग गर्दछ ।’

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु