MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

बिओकेले शुरु गर्‍यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)ले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि BOK eCom USD प्रिपेड कार्ड सेवा सुचारु गरेको छ । यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाला ग्राहकहरुले प्रतिवर्षमा पाँच सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन दिई यो सुविधा उपभोग गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु