1100×100 Nabil Advert

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाकोे दरबोट बजारमा नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा रहित बैकिङ सेवाको उद्घाटन त्यहाँ आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गर्नुभएको थियो ।
शाखारहित बैकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत विभिन्न बैकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, होम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैकिङ सेवा शुरु गर्ने गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु