1100×100 Nabil Advert

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड सुविधा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘HBL डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२ सयभन्दा बढी पिओएस टर्मिनलस मार्पmत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

प्रकाशित समय १७:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु