1100×100 Nabil Advert

श्री पशुपतिनाथ मन्दिर परिसरमा बिओकेको डिजिटल दानपेटिका उदघाटन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्नेक्रममा श्री पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको हो । उक्त कार्यक्रम श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको शुभारम्भमा गभर्नर महाप्रसाद अधिकारीले डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी श्री पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी उद्घाटन गर्नुभयो ।


उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले अब उपरान्त श्री पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र श्री पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, कार्यक्रमका प्रमुख अतिथि रहनुभएका अधिकारीले नगदरहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा सञ्चालन गरिरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पार्नुभयो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको जानकारी गराउनुभयो । साथै उक्त कार्यक्रममा श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पेटिकाले मन्दिर परिसर भित्र हुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा गर्नुभयो । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १६:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु