MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

भाइबरबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने

काठमाडौं । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो । डिजिटल बैकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैकिङ गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैकिङ अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता विना ग्राहक वर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु