MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

लकडाउन खुलेको तीन महिनाभित्र अनलाईन कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन हामीले काम शुरु गरिसकेका छौ

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । यसका लागि नेप्से र बोर्डनै लागिपरेको उनले बताए । सरकाले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुदाँ बजार खोल्न नसकिएको उनले प्रष्ट पारे । तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौ । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको उनले बताए ।

 

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु