MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

कोभिड–१९ विरुद्धको लडाईंमा एनएमबि बैंकको निरन्तर सहयोग हुँदै

काठमाडौं । एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागि सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मूलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालयमार्फत ७०० पीपीइ बितरण गरिसकेको छ ।
देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई रुपैयाँ १ करोड ५१ लाख, डा. महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई ५ लाख, अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको अांशिक रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालयमार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ । ‘वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागि अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागि आ–आफ्नो क्षेत्रबाट प्रदान गर्नसक्ने महत्वपूर्ण भूमिकाको लागि उत्प्रेरित गर्दछ । एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारीविरुद्ध सहयोग पु¥याउने अवसरको रुपमा लिएका छौं’ बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु