MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

विदेशबाट आएका सबैको अनिवार्य कोरोनाको परीक्षण गर्नुपर्ने

कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैले आरडीटी परीक्षण गराउनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले चैत्र महिनाभित्र विदेशबाट आएका सबैलाई अनिवार्य दु्रत माध्यममार्फत् कोरोना भाइरस (कोभिड–१९) को अनिवार्य परीक्षण गर्न भनेको छ । केन्द्रले सूचना जारी गर्र्दै कोभिड १९ रोगको निदानको लागि चैत्र महिनाभित्र विदेशबाट आएका सबै, कोभिड पोजेटिभ बिरामीको सम्पर्कमा आएकाहरु, कोभिडको लक्षण देखिएका र उनीहरुका सम्पर्कमा आएका सबैले कोरोना भाइरसको टेष्ट गराउनुपर्ने बताएको छ । त्यसैगरी १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैले अनिवार्यरुपमा आरडीटी पद्धतिमार्फत् परीक्षण गर्नुपर्ने बताएको छ ।
त्यसैगरी कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैले आरडीटी परीक्षण गराउनुपर्ने बताएको छ ।

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु