V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सिभिल बैंकको टोखा शाखाले वित्तीय पहुँच बृद्धि गर्न सहयोग पुग्छ: डेपुटी गभर्नर श्रेष्ठ

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले काठमाडौं जिल्लाको टोखामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको उद्घाटन गर्दै ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने बताए । सोही अवसरमा टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरियो । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो । सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वाताबरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।
बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिना आर्थिक समृद्धि सम्भब नहुने बताए । कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका संचालक समितिका सदस्यहरु अम्बीर बोगटी, भीमानन्द ढुंगाना, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, टोखानगरपालिकाका उप–प्रमुख ज्ञानमाया डंगोल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रहरी नायब निरीक्षक सोभित अर्याल, महानगरीय ट्राफिक प्रहरी प्रभाग, टोखाका प्रहरी सहायक निरीक्षक योगेन्द्र सिंह खड्का, टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, टोखानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी लगायतको सहभागिता थियो ।
हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे सिभिल बैंकका ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित समय २२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010