बैंक अफ काठमाण्डूले सार्वजनिक ग-यो भिसा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्डबाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पिओएस तथा इ–कमर्स कारोबार गर्दा ५०० रुपैयाँ नगद फिर्ता पाउनेछन् । जसअन्तर्गत एक महिनाभित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा २५० रुपैयाँ नगद फिर्ता पाउने तथा कम्तीमा २ वटा इ–कमर्स कारोबार गर्दा २५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डरअनुसार लागू हुनेछ । उक्त योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५०० वा सो भन्दा बढी हुनुपर्ने बैंकले उल्लेख गरेको छ । उक्त नगद फिर्ता योजना सीमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई बैंकले अनुरोध गरेको छ । बैंक अफ काठमाण्डूले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत् बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १९:२१ बजे