बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबारअन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानीमैै आम्दानी’ भन्ने मूल नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागिमात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय ०९:५३ बजे