सांग्रिला बैंकद्वारा विद्यार्थी र अभिभावकलाई कोरोना भाइरससम्बन्धी सचेतना

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले जनजागरण मावि गल्छी–४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुलाई समेत राखी गल्छी स्वास्थ्यचौकीको प्राविधिक सहयोगमा कोरोना भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाका प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै जसका लागि सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई साबुन पानीले धुने, हात नमिलाउने, भीडभाडमा नजाने, नियमित शारीरिक व्यायाम गर्ने, मद्यपान, मांसहारीको प्रयोग नगरी भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधा घण्टाको अन्तरमा पानी पिउने, बिहान–बेलुका घीउको सेवन गर्ने, रुघाखोकी, ज्वरो आएमा मनोबल नघटाई तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए । स्वास्थ्यकर्मी रेखा अधिकारी र रञ्जना रिमालले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु बताउँदै घरमा आफ्नो परिवार छर–छिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सञ्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे । उनीहरुले सामाजिक सञ्जालमा त्रास फैलाउने काम नगर्नसमेत अनुरोध गरे । सामाजिक सञ्जालमा त्रास फैलाउने व्यक्तिलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नसमेत अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्छी गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राजु अधिकारीले सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छीले विश्वव्यापीरुपमा फैलिरहेको यो कोरोना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिंदै उनले अझै ग्रामीण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे । अधिकारीले सांग्रिला बैकले सामाजिक उत्तरदायित्वका कार्यहरु उदाहरणीय रहेको बताए । बैंकले नाफालाईमात्र केन्द्र नमानी सेवा भावले काम गरेको छ यस बैकको प्रगतिको समेत शुभकामना दिन चाहन्छु भन्दै कोरोना भाइरसबाट त्रसित नभई यसबाट बच्ने विधिहरु अवलम्बन गरौं र गराऔं भनी अनुरोधसमेत गरे ।
प्रकाशित समय १८:४२ बजे