बिओकेले ल्यायो ‘बीओके सहज बचत खाता’

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता सञ्चालनमा ल्याएको छ । ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकहरुले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्थासहित थुप्रै निःशुल्क सुविधाहरु रहेका छन् । उक्त बचत खाताका विशेषताहरुमा वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम् मौज्दात २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था साथै अन्य ग्राहकमुखी विशेषताहरुसहित सञ्चालनमा ल्याएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ठ बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १८:१७ बजे