V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एनएमबिले कञ्चन डेभलपमेण्ट बैंक प्राप्ति गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । विगत १० वर्षदेखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको कञ्चनपुर जिल्ला महेन्द्रनगरस्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गर्ने सम्बन्धमा सम्झौता भएको हो । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ, जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दीगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।
एनएमबि बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिदै आएको ‘क’ वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक कैलाली कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा छन् ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुने विश्वास लिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्तिमा प्रोत्साहन गरिरहेको समयमा एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो ।

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010