मिर्मिरे लघुवित्तका सदस्यहरुले गरे धार्मिकस्थलसँगै विभिन्न लघु उद्यमी परियोजना स्थलको भ्रमण

लुम्बिनी । मिर्मिरे लघुवित्त शाखा कार्यालय हात्तिसुडेका ६० जना सदस्यहरुले विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौत्तम बुद्घको जन्म स्थल लुम्बिनीको भ्रमण र चौधरी ग्रुपद्घारा निर्मित नबलपरासीको पर्यटकीय स्थल शास्वतधामको अबलोकन साथै शाखा कार्यालय दुम्कीबास को सदुपयोगीता अवलोकन भ्रमण गरेका छन् । भ्रमण बर्ष २०२० को अवसर पारेर सहभागीहरुलाई लक्षित भ्रमण स्थलको आसपास रहेका सफल लघु उद्यमी सदस्यहरुको परियोजना स्थलको भ्रमण गराई लघु उद्यमतर्फ आकर्षित गराई लघुवित्तको माध्यमद्वारा उद्यमशिलता, स्वरोजगारीपना एवम् आत्मनिर्भरता तर्फ डो-याउने मुख्य ध्येयले संस्थासँग आबद्घ आफ्ना लक्षित वर्गका सेवाग्राही सदस्यहरुलाई विभिन्न स्थलहरुको भ्रमण गराउने योजनाअन्तर्गत नै कार्यक्रमको आयोजना भएको हो । भ्रमणका दौरान जिल्ला नवलपरासी शाखा कार्यालय दुम्कीबासअन्तर्गतकी सदस्य सितादेवि रानाभाटले सञ्चालन गरेको उन्नत जातको खसि, बाख्रा तथा गाई पालन फर्मको अवलोकन गराइएको थियो । फर्ममा ९ वटा जर्सी क्रस ब्रिडर जातका गाईहरु, ४३ वटा बोयर तथा स्थानीय नस्लका खसि, बाख्रा पालन रहेको छ । उनले अन्र्तक्रियाको क्रममा मिर्मिरे दूम्कीबासबाट सत्तरी हजार कर्जा कारोबारबाट शुरु गरिएको बाख्रा पालन अहिले परिबारकै मुख्य आम्दनीको स्रोत भएको बताएकी थिइन् । उनले उपस्थित सम्पूर्ण सदस्यहरुलाई धेरै संस्थाबाट कर्जा कारोबार गर्दा उद्यम गर्न गाह्रो साथै आम्दानी गर्न गाह्रो हुने बताएकी थिइन् । अवलोकनकै क्रममा केन्द्र नं १० का सदस्यहरुले फूल, खादा र अविर लगाई आफ्नो केन्द्रमा स्वागत गरेका थिए । भेटघाटकै क्रममा आफ्नो ठाउँमा अबलोकनको कार्यक्रम राखिदिएकोमा संस्थालाई धन्यबाद दिंदै आउँदा दिनमा अझै महिला दिदी–बहिनीहरुलाई स्वागत गर्ने मैका दिन संस्थालाई आग्रह समेत गरेका थिए ।
भ्रमण वर्ष सफल पार्न आयोजना गरिएको कार्यक्रमबाट महिला सदस्यहरुले नयाँ ठाउँको अवलोकन साथै उद्यम गर्ने प्रेरणा मिर्मिरेका महिला सदस्यहरुले मिर्मिरेकै महिला सदस्यहरुबाट प्राप्त गर्ने विश्वासका साथ कार्यक्रमको आयोजना भएको फेनहरा ब्लक स्टेशन प्रमुख रमेश घिमिरेले बताए ।
दुई दिने भ्रमण कार्यक्रमकै दौरानमा शाखा कार्यालय शिशैका कर्मचारीहरुले अबलोकनमा आएका सदस्यहरुसँग स्वागत अभिवादन समेत गरेका थिए । दुई दिने कार्यक्रमको समापनमा बोल्दै संस्थाका अधिकृत चेरनेटा ब्लक स्टेसन प्रमुख सुरेश खड्काले यस्ता कार्यक्रमले संस्था भित्रकै सदस्यहरुबीच माया स्नेह बढ्ने साथै एकलाई पर्दा अर्काले सहयोग गर्ने बानिको बिकास हुने र समुहमा धेरै रमाइलो, खर्च मितव्ययी र सामूहिक भावनाको विकास हुने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित समय १३:२२ बजे