बिओकेका ग्राहकले कनेक्टआइपीएसमा रजिष्ट्रेशन हुँदा एक सय रुपैयाँ पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र नेपाल क्लियरिङ हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैया रुपैयाँ ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहकहरुले ConnectIPS मा आफ्नो खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाईपश्चात् ग्राहकहरुको आफ्नै खातामा एक सय रुपैयाँ जम्मा हुनेछ । ग्राहकहरुले ConnectIPS मा रजिस्ट्रेशन पश्चात् घरमा बसी–बसी आफ्नो आवश्यकताबमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सक्ने जानकारी बैंकले गराएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २१:३९ बजे