V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिंदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र १०० (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर माघ २४ देखि लागू भएको छ । ३ महिनासम्म सञ्चालनमा रहने छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याइएको यो अफरअन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि सात दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्टिक्«स१७११८ एस्टिक्«स२एस्टिक्«स३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार प्याक सुचारु गर्न सक्छन् । यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010